Skip to content
Prabhu

कामना सेवा विकास बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, लभांश क्षमता १९ प्रतिशत

nabil

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कामना सेवा विकास बैंकले गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले नाफा बृद्धि गरेको छ । बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४९ प्रतिशतले बढेर ४९ करोड ३२ रुपैयाँ पुगेको हो ।

गत आवको चैत मसान्तसम्म बैंकको यस्तो नाफा ३३ करोड १४ लाख रुपैयाँ रहेको थियो । बैंकको ब्याज आम्दानी र खर्च दुवै घटेपनि खुद ब्याज आम्दानी सुध्रिएको छ । चैत मसान्तमा यस्तो आम्दानी १ अर्ब ६६ करोड छ । यता नोक्सानी व्यवस्थाका लागि बैंकले ३१ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बैंकले गत वर्षको सोही अवधिभन्दा ३ करोड कम प्रोभिजन गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

खर्चतर्फ पनि सन्तुलन कायम गरेको बैंकले नाफालाई बढाउन सकेको हो । नाफा बढ्दा कामना सेवाको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ पुगेको छ भने नेटवर्थ १६३.२२ रुपैयाँ छ । ईपीएस गत आवको चैतसम्म १३.४७ रुपैयाँ थियो । यता निष्क्रिय कर्जा ४.२७ प्रतिशत पुगेको छ । गत आवको चैतसम्म यस्तो कर्जाको अनुपात ३.५५ प्रतिशत थियो ।

बैंकको प्राथमिक पुँजीकोष अनुपात भने निकै बढेको छ । गत आवको ९ महिना सकिँदासम्म ९.०३ प्रतिशतमात्र रहेको कोर क्यापिटल अहिले १०.१४ प्रतिशत पुगेको हो । कामना सेवाले ६१ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप १ वर्षअघिभन्दा करिब ३ अर्ब बढी हो भने कर्जा साढे ३ अर्ब बढी हो । नाफा बढ्दा कामना सेवा ९ महिनामै करिब १९ प्रतिशत लाभांश दिन सक्षम देखिएको छ । बैंकसँग करिब ५० करोड रुपैयाँ वितरणयोग्य नाफा छ । जसअनुसार लाभांश क्षमता १८.९८ प्रतिशत रहेको छ । बैंकले आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४ प्रतिशतल रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal