काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ७७ अंकले बढेर २७२४ दशमलव ५१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य आज घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०६ अंकले बढेर ४५९ दशमलव २९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४८ कम्पनीका ३७ हजार ६०८ कित्ता सेयर १५० पटक खरिद बिक्री हुँदा ५ करोड ९४ लाख ५८ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्