काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँ ८० पैसाले बढेर ६४७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ० दशमलव ६९ अंकले बढेर २७२३ दशमलव ४२ विन्दुमा पुगेको छ । यो अधिमा सेयर बजारमा ३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्