काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नाफा ५१ करोड माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ५१ करोड ४० पुगेको हो ।
यो गत आवको सोही अवधिको तुलनामा ०.१३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५१ करोड ४६ लाख रुपैयाँ रहेको थियो । बैंकले चालु आर्थिक वर्षका चैत मसान्तसम्ममा १ अर्ब ९३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड १० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १०.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८.०७ प्रतिशत घटेको छ । इम्पेरमेन्ट चार्ज बढेको कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १६०.०६ प्रतिशत बढेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १०.५९ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४४ पैसा घटेर १४ रुपैयाँ ६ पैसामा झरेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।
४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ६९ अर्ब ८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्