Skip to content
Prabhu

विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ

nabil

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौंडा–४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका–१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका–२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

चितवनको भरतपुर महानगरपालिकारू२६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर–२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका(१ सडकपुरबाट कैलारी(८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका(११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका(११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।

सङ्खुवासभाको धर्मदेवी नगरपालिका(४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal