Skip to content
Prabhu

राप्रपाका सांसदले गरे सिंहदरबारमै प्लेकार्ड प्रदर्शन, राजेन्द्र लिङ्देनसिहतका नेता गिरफ्तार

nabil

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए ।

global
अर्घाखाँची सिमेन्ट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले देशको प्रशासनिक निकाय सिंहदरबारभित्रै प्लेकार्ड प्रदर्शन गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका हुन् । उनीहरूका प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal