काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार उच्च अंकले बढेको सेयर बजार आज १६ दशमलव ६८ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०६ दशमलव ०४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६४ अंकले घटेर ४५६ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ७४ हजार ४५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्