काठमाडौं । आइतबार सेयर बजार परिसूचक घटेर बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माईक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५८ रुपैयाँ ८० पैसाले बढेर ६४७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ४८ रुपैयाँ ६० पैसाले बढेर ५३५ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा राधी विद्युत कम्पनी, बोलटर्स नेपाल (बालाजु) र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज राधी विद्युतको सेयर मूल्य ३१ रुपैयाँ ९८ पैसाले बढेर ५७१ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९२ प्रतिशतले धेरै हो ।
आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १ हजार ४८ रुपैयाँले बढेर १८ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.११ प्रतिशतले बढी हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.४९ प्रतिशत अर्थात् १७४ रुपैयाँ ०७ पैसाले बढेर २ हजार ४४९ रुपैयाँ ४५ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्