Skip to content
Prabhu

सेयर बजार घटेको दिन धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा २ हाइड्रो र ३ विकास बैंक

nabil

काठमाडौं । आइतबार सेयर बजार घटेर कारोबार बन्द हुँदा कुल १९२ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । आज सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा २ वटा हाइड्रो पावर र तीन वटा विकास बैंक छन् ।

आज बलेफी हाइड्रोपावर र हिमालयन पावर पाटनर तथा सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक छन् । आज बेलेफी हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ८३ पैसाले घटेर २२७ रुपैयाँ ४९ पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

जुन अघिल्लो दिनको भन्दा ७.२७ प्रतिशतले कम हो । त्यस्तै आज हिमालयन पावरको सेयर मूल्य ७.३३ प्रतिशत अर्थात् ४८ रुपैयाँ ८९ पैसाले घटेर ६१८ रुपैयाँ ९१ पैसा पुगेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८ रुपैयाँ ७५ पैसाले घटेर १ हजार १२० रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९८ प्रतिशतले कम हो।

आज लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.२९ प्रतिशत अर्थात् १८ रुपैयाँ ४४ पैसाले घटेर ४११ रुपैयाँ ६५ पैसा पुगेको छ । आज एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.९० प्रतिशत अर्थात् २५ रुपैयाँ ६८ पैसाले घटेर ६३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal