Skip to content
Prabhu

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

nabil

वीरगञ्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि २ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् ७६ करोड ६० लाख रुपैयाँ रकम मात्रै खर्च गरेका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढंगले पुँजीगत खर्च गर्न नसकेको बताए । ‘चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ’, उनले भने, ‘सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।’ उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।

global
अर्घाखाँची सिमेन्ट

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् ६ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा १ खर्ब ६१ रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal