Skip to content
Prabhu

राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा–१२ को परीक्षा नसर्ने

nabil

काठमाडौं । कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।

‘परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिनेरनसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ

महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal