काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८३ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ८ दशमलव ०१ अंकले बढेर २७०६ दशमलव ३० विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्