Skip to content
Prabhu

८ औँ कारोबार दिनमा पनि क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार ८ औँ दिन पनि सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको दिन देखि सकारात्मक सर्किट लागि रहेको यो कम्पनीमा आजको कारोबार जारी रहँदा पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँ ८० पैसाले बढेर ६४७ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । आजको कारोबार बजारी रहँदा यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा समग्र सेयर बजार परिसूचक पनि ६ दशमलव ६२ अंकले बढेर २७०४ दशमलव ९१ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal