काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र सेयर बजार बढेर कारोबार भइरहँदा पनि यो बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा २७४ रुपैयाँ ६० पैसाले बढेर २ हजार ४७१ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने ७ दशमलव २८ अंकले बढेर २७०५ दशमलव ५७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्