काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो ।
चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ । यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ भने एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै अफिसर, सिनियर अफिसर, ए.एम. वा डी.एम. पदका लागि केही संख्यामा कर्मचारी माग गरिएको छ । यसका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्नेछ । बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने क्षमतायुक्त उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्