Skip to content
Prabhu

म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’

nabil

म्याग्दी । मंगला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँचवटा खानेपानी आयोजना सञ्चालन भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मंगला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित दुई करोड ८४ लाख ६४ हजार १२२ रुपैयाँको लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भइरहेका चार आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको एक करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण हुने एक योजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिने जानकारी दिए।

global
अर्घाखाँची सिमेन्ट

‘पाँचवटै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित धमाधम निर्माण भइरहेका छन्’, उनले भने, ‘प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण हुन्छ ।’

नेवामार्फत ४८ लाख २२ हजार ४७ रुपैयाँको लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा, २९ लाख ९२ हजार ७३९ रुपैयाँ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा, ६४ लाख ६२ हजार ९१२ रुपैयाँ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र ३६ लाख ८६ हजार ८७० रुपैयाँ लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने वडाध्यक्ष खत्रीले बताए ।

कादुरी संस्थामार्फत एक करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने भएको छ । नेवामार्फत कार्यान्वयन हुने योजनामा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ । घरघरमा खानेपानी धाराका साथै भाँडा धोएपछि सुकाउने पक्की चाङ पनि बनाइनेछ ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मंगला–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा नै निजी धारा भएपछि समयको बचत, सहज र सुविधा हुने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal