Skip to content
Prabhu

साहित्यकार राई हङकङमा सम्मानित

nabil

काठमाडौं । हङकङमा क्रियाशील साहित्यकार एवं पुस्तकालय अभियन्ता राजकुमार राई सम्मानित भएका छन् । लोहोरुङ याक्खावा युयोङ हङकङले नेपालका विभिन्न स्थानमा पुस्तकालय स्थापनासाथै ‘किवाहाङ’ उपन्यासमार्फत भाषा–साहित्यमा योगदान दिएको भन्दै हालै राईलाई सम्मान गरेको हो । उनी ‘साब्लाबुङ’ साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशकसमेत हुन् ।

गोर्खा समेस्ट्री ट्रस्टका सचिव एवं चलचित्र निर्माता अमोद राईले डायस्पोराको व्यस्त जीवनमा पनि साहित्यिक पत्रिका प्रकाशनदेखि नेपालमा पुस्तकालय स्थापना गर्नु उदाहरणीय कर्म भएको बताए । ‘हामीले उहाँबाट सिक्नुपर्छ’, उनले भने । गोर्खा सैनिकको इतिहासमा आधारित राजकुमारको उपन्यास महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

global
अर्घाखाँची सिमेन्ट

साहित्यकार राईले आज गोर्खा भर्तीप्रति आकर्षण भए पनि विगतमा दर्दनाक अवस्था झेल्नुपरेको उल्लेख गरे । ‘हिजो ५२ लाख जनसंख्या भएको नेपालबाट ८ लाख युवा घर–गोठबाट तत्कालीन सरकारले जबरजस्ती पक्राउ गर्दै प्रलयकारी युद्धमा पठाए’, उनले भने, ‘आधाभन्दा धेरै बेपत्ता भए । सहादत भए । अंगभंग भए । अहिलेसम्म कतैबाट चासो दिएन । उनीहरूको न्यायको निम्ति पनि लेखेको हुँ ।’

संस्थाका सल्लाहकार पुष्प राईले नेपालमा पुस्तकालय अभियान सञ्चालन गर्नु राजकुमारको पुण्य कर्म भएको बताए । ‘उहाँको अभियानलाई सहयोग–समर्थन गरौं’, उनले भने ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal