काठमाडौ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ३ दशमलव ४४ अंक घटेर २६२० दशमलव ३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २ दशमलव ०६ अंक घटेर २६१८ दशमलव ३३ विन्दुमा पुगेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ३२ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा ६० स्टकको ११५ पटकको कारोबारमा १३ करोड २३ लाख ९६ हजार ७०१ रुपैयाँ ७० पैसाबराबरको २ लाख ४३ हजार ६५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।












प्रतिक्रिया दिनुहोस्