Skip to content

धितोपत्र बोर्डले जलविद्युत कम्पनीको आईपीओ रोकेर कमिसन मागेको छैनः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नाममा जोडिएर कमिसनका विषयमा आएका समाचार तथ्यहीन भएको दाबी गरेको छ ।

बोर्डले २२ महिनादेखि ४३ वटा कम्पनीको आईपीओ र १० वटा कम्पनीको हकप्रद सेयर निष्कासन रोकेर राखेको छ ।

बोर्डले आईपीओ अनुमति नदिएको समयमा केही बिचौलीयाहरुले जलविद्युत प्रबर्धकको कार्यालयमा पुगेर साना आयोजनामा ५ र ठूला आयोजनाले ७ प्रतिशत कमिशन दिए आईपीओ निष्कासनका लागि सेबोनमा सहजिकरण गरिदिने र छिटै सेयर निष्कासन हुने व्यवस्था मिलाउने भन्दै आएका छन् । स्वयम जलविद्युत प्रबर्धकहरुले समेत यस्तो बताउँदै आएका छन् ।

https://laganinews.com/2025/05/06/62695/

यही बिचमा बोर्डले अध्यक्ष श्रेष्ठसँग जोडिएर आएका समाचार तथ्यहीन भएको दाबी गरेको छ । पुँजीबजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीको सम्प्रेषणले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्य राखेको बोर्ड प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

https://laganinews.com/2025/05/06/62673/

‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराई दिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाईने जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi