Skip to content

साढे २ अर्ब हिनामिना गर्ने कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई सीआईबीले पक्राउ गरेको छ ।

२ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा रायलाई रुपन्देही सिद्धार्थनगरपालिका–१ बेलहियाबाट जेठ १७ गते पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्काले बताए ।

‘बैंकका संस्थापक अध्यक्ष तथा सीईओ एवं पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्रवीर रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको ’ खड्काले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T