Skip to content

एसइई परीक्षामा ४ जीपीए ल्याएकी गोमालाई एमबीबीएससम्म मीनबहादुर गुरुङले पढाउने

काठमाडौं । एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने भएका छन्।

भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको सर्वत्र चर्चा चलेको थियो।

समाजसेवीसमेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T