Skip to content

हाइड्रोपावर, होटल क्षेत्र अहिलेका सहकारी जस्तै हुन्छन्ः आईपीओ जारी गरेर जनतालाई फसाउने प्रवृत्ति बढ्योः सांसद डा. वाग्ले

काठमाडौं । सांसद स्वर्णिम वाग्लेले भविश्यमा हाइड्रोपावर, होटल क्षेत्र अहिलेको सहकारी जस्तै हुने बताएका छन् । अर्थ समितिको बैठकमा अहिले होटलहरु च्याउ उम्रेजस्तो उम्रेको बताएका छन् ।

‘यी क्षेत्रमा सबैको फर्मुला छ रे । ओभर इन्भ्वाइसिङ गर्ने, क्यापिटल फ्लाइट गर्ने, बैंकबाट अधिक ऋण बोक्ने, एक दुई वर्षमा आईपीओ जारी रेर जनतालाई फसाएर भाग्ने गरेका छन्’ उनले भने, ‘६ अर्बको होटल, ८ अर्बको होटल खुलेका छन् । सबैका योजना छन् ।’

उनले नेपालमा पर्यटक नआएपछि होटल ब्याङक्वेट जस्तो बनेको बताए । ‘होटल कोठा बेचेर होइन भात ख्याएर चलेका छन्’ उनले भने ‘ अहिलेको आकर्षण के हो ? आईपीओको खेलमा तपाईहरु नियामक निकायले यसलाई कसरी शुद्धता तर्फ लैजानु हुन्छ ।’

बैठकमा उनले घाटामाथी घाटामा गएका कम्पनीलाई आईपीओमा लागेर, सोझा, हजार, १० हजार लगानी गर्ने साना लगानीकर्तालाई बोझ थपेर सञ्चालक टाप कस्ने गरेको स्मरण गराए । आईपीओमा जान कमिशनको खेल बढेको भन्ने चर्चा रहेको र पोलिसी क्याप्चर गरेर करप्सन बढेको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima