Skip to content

सेयर बजारमा उत्साह, नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

काठमाडौं । सातको दोस्रो कारोबार घटेको सेयर बजार मंगलबार भने बढेको छ । सोमबार लगभग ३५ अंकले घटेको सेयर बजार मंगलबार ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक बढेको छ।

मंगलबार सोमबारको तुलनामा कारोबार पनि बढेको छ । सोमबार ८ अर्ब १७ करोडको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूह मध्य १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८१ प्रतिशत बढेको छ। यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। मंगलबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ४.६४ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ३२ लाख ६३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi