Skip to content

आर्थिक वर्षको अन्तिम दिन सेयर बजार बढ्यो, कारोबार रकम पनि उत्साहजनक

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यसैगरी, आज  सेन्सेटिभ इण्डेक्स ७.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत बढेको छ। यसैगरी, आज बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

यसैगरी, आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड र अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माइ खोला हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ७.८७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T