Skip to content

म्याग्दीको सिँचाइ विकास डिभिजन कार्यालयद्वारा ५२ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी । यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँचवटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए।

सिँचाइतर्फ २२ वटा योजनाका लागि ४ करोड ८३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा चार करोड ४१ लाख ४० हजार रुपैयाँ खर्च भएको छ ।

यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका छ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा पनि ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि एक करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा एक करोड ४७ लाख ६९ हजार रुपैयाँ खर्च भएको प्रमुख ओझाले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima