Skip to content

प्रिओपन सेसनमा नेप्से साढे २ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ।

बुधबार ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २।६१ अंक बढेर २७९७.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०६ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ५८ स्टकको ८२ पटकको कारोबारमा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँ ३० पैसा बराबरको २२ हजार ६६७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T