Skip to content

हिम स्टार ऊर्जा कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

सेयर रजिष्ट्रार सेवा अन्तर्गत हिम स्टार उर्जा कम्पनीको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने छ ।

यस्तै कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T