Skip to content

माबिलुङ्ग इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं । माबिलुङ्ग इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २६ गतेदेखि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

कम्पनिले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँको १३ लाख ५४ हजार २३५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । ३० हजार ९५ कित्ता सेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ ४८.९९ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्न सेबोनबाट स्वीकृति पाएको थियो । जसमा ३ लाख ८५ हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima