Skip to content

सिंगटी हाइड्रो इनर्जीको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ९९ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको छ। अघिल्लो आर्थिक वर्ष यो कम्पनी ६ करोड ९२ लाख ५ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

गत वर्ष यस कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । जसको कारण कम्पनी नोक्सानीबाट नाफामा पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६७ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

यता कम्पनीको कम्पनीको सञ्चालन आम्दानी पनि ७६०.६५ प्रतिशत बढेर ६७ करोड ५ लाख २२ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको अन्य आम्दानी ९२०.४६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षाअवधिमा २५६.७८ प्रतिशत बढेर ६६ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा रहेको छ । यस कम्पनीको यस अवधिसम्मको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा र मूल्य आम्दानी अनुपात ५५.७५ गुणा रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T