Skip to content

३ काराेबार दिन घटेको सेयर बजार १६.४६ अंकले बढ्यो, १० अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । अघिल्लो कारोबार दिन आइतबार घटेको सेयर बजार सोमबार घटेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ बिन्दुमा पुगेको छ ।

आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी समूह ०.११, जीवन बिमा ०.५०, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार २.८९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, वित्त कम्पनीको ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।

थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T