Skip to content

स्थानीयले बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय र रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

उक्त आईपीओमा खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरु, भानु नगरपालिका–१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका– ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका–४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका–१ को कार्यालय र पालुङ्गटार नगरपालिका-७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi