Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

आइतबार १८.०२ अंक घटेर २७३९.९५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.३५ अंक बढेर २७४०.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ३३ स्टकको ८० पटकको कारोबारमा ३६ लाख १४ हजार ६४२ रुपैयाँबराबरको ३ हजार ६७९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima