काठमाडौं । आज सर्वोच्च अदालतमा आगजनी भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी भएको हो ।
आगलागीका कारण अदालतमा भएको महत्वपूर्ण कागजात जलेका छन् । उक्त आगो तत्काल निभाउन सक्ने अवस्था छैन ।
आन्दोलनका कारण सार्बजनिक निकायका कार्यालयका साथै शिर्ष नेताहरुका निवासमा तोडफोड र आगजनी भएको छ । आजै राष्ट्रपति निवास (शित्तल निवास), सिंहदरबार, संसद भवनमा आगलागी गरेका छन् ।
आजै राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, विभिन्न मन्त्री तथा सांसदका घर तोडफोड तथा आगजनी भएका छन् । आजै ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास, प्रदेश प्रमुख निवासबाट मन्त्रीलाई हेलिकप्टरबाट उद्धार भएको छ ।












प्रतिक्रिया दिनुहोस्