Skip to content

सागर डिष्टिलरीले गर्यो आईपीओ बाँडफाँट

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो।

उक्त निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

कम्पनीको सेयर १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima