Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले घट्यो

काठमाडौं । दसैंबिदा पछिको पहिलो कारोबार दिन मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ।

गत असोज १२ गते ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा बन्द भएको  थियाे ।  आज नेप्से  सो सेसनमा १.०० अंक घटेर २६६२.५० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

आज प्रिओपन सेसनमा ४३ स्टकको ९४ पटकको कारोबारमा ४५ लाख ७२ हजार ८४६ रुपैयाँ २० पैसाबराबरको १० हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T