Skip to content

‘भोटेकोसी जलविद्युत आयोजनाले जेनजीलाई निःशुल्क सेयर दिएको छैन’

काठमाडौं । भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेडले जेनजीलाई निःशुल्क सेयर दिने सहमति नभएको जानकारी दिएको छ ।
असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोसीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोसी पावर कम्पनी प्राइभेट लिमिटेड बिच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने कुरा सत्य नभएको आयोजनाको दाबी छ ।
भोटेकोसी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडलाई आयोजनाको १० (दश) प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाइसकेपछि आयोजनाले प्रति सेयर बराबर अंकित मूल्य (रु १००।) मा १० प्रतिशत सेयर दिन लागेको हो ।
जेनजीको कम्पनीले उक्त सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि आयोजनाले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको भोटेकोसी पावर कम्पनीले स्पष्ट पारेको छ ।
‘निर्माण सम्पन्न भइसकेको आयोजना भएकोले आयोजनाले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट १० (दश) प्रतिशत सेयर बापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछौ ।’ भोटेकोसी पावर कम्पनीले विज्ञप्तिमा भनेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi