Skip to content

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बिहीबारको कारोबार समयपछि बैंकले वितरण गर्न लागेको १३.५३ प्रतिशत बोनस सेयरबापत मूल्य समायोजन गरेको हो। समायोजनपछि बैंकको प्रतिकित्ता सेयरमूल्य ३८३.६० रुपैयाँ कायम भएको छ।

नेप्सेले बैंकको कारोबारपछिको अन्तिम मूल्य ४३५.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो। अब आइतबारदेखि समायोजित मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T