Skip to content

गुराँस लघुवित्तको नाफा ४२.५७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ। सो विवरणअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेका र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७६.९२ प्रतिशत बढेको छ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ लाख ९२ हजार रुपैयाँ रिभर्स भएको छ। ६४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ १७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपेयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.३० गुणा रहेको छ।

११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ४ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima