Skip to content

सेयर बजार १२.१७ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ । आज फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक बढेको छ।

सेयर बजार बढेको भए तापनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँबराबरमात्र सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४१ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

आज माबिलुङ्ग इनर्जी कम्पनीको सेयर मूूूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । यता नेपाल फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य आज ७.४८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको साढे ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi