Skip to content

सागर डिष्टिलरीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबबार सागर डिष्टिलरी लिमिटेडको सेयर सूचीकृत भएको छ। आज कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

उक्त कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता सेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रिओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima