Skip to content

माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २१.०५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima