Skip to content

एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपालले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आजसम्म कार्यालय समयम्म कम्पनीको आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको प्रतिकित्ता सय रुपैयाँका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

२ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि निष्काशन गरेको छ ।

कम्पनीले कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T