Skip to content

नक्कली बिलबिजक बनाएर बढ्यो कारोबार, बिल बिनाका सामान नकिन्न प्रहरीको आग्रह

nabil bank

पर्सा । पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गरेको छ ।

“नक्कली बिलबिजक बनाएर यहाँ सिमेन्ट, छड, मदिरा, मोटर पार्स आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात मात्र गर्नुहुन अनुरोध गरिन्छ”, उनले भने, “आधिकारिकताबिनाका कुनै सामान खरिद नगर्नुहुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले केही दिनदेखि यहाँ नक्कली बिलबिजक बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पार्टस आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्नुहुन अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग व्यावसायिक कारोबार, लेनदेन नगर्न हुनसमेत अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime