काठमाडौं । सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको माउन्टेन इनर्जीले वार्षिक साधारणसभा बोलाएको छ ।
साे कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले मंसिर २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । मंसिर १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्