Skip to content

सेयर बजार स्थिर, कारोबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर रहेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.३१ अंक बढेर २५४४.९१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

सेयर बजार बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब ८४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको सेयर बजारमा बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।

आज कारोबारमा आएको ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्य यस दिन सबैभन्दा धेरै ४.८२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर उच्च स्थानमा रहेको छ। आज कम्पनीको यस दिन १६ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima