Skip to content

नेप्सेमा झापा इनर्जीको आईपीओ सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जीको आईपीओ सूचीकृत भएको छ। यस दिन कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता सेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T