Skip to content

एनआरएन इन्फ्रास्टक्चरले ९ कम्पनीको सेयर बिक्री प्रकृया अघि बढायो, कुनको कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले विभिन्न ९ वटा कम्पनीको नाममा रहेका सेयर बिक्री प्रकृया अघि बढाएको छ ।

एनआरएनले विभिन्न ९ कम्पनीमा रहेको संस्थापकदेखि साधारणसम्म १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री प्रकृया अघि बढाएको हो । एनआरएनका अनुसार २०८२ असार ९ गतेको पत्र अनुसार सेयर बिक्री प्रकृया अघि बडाएको छ ।
जसमा वाणिज्य बैंक, लघुवित्त तथा माइक्रो फाइनान्स कम्पनी रहेका छन् ।

मंसिर ३ गतेको निर्णय अुनसार ९ वटा कम्पनीको सेयर बिक्री गर्न लागेको हो । एनआरएन इन्फ्रास्टक्चरले कुमारी बैंकको संस्थापक सेयर ५ लाख ३० हजार कित्ता, नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (संस्थापक सेयर) १ लाख ७ हजार ४८४ कित्ता, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (संस्थापक सेयर) ७४ हजार १०६ कित्ता, मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (संस्थापक सेयर) को ७८ हजार २०९ कित्ता, मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (साधारण सेयर) को २८ हजार २१५ कित्ता, प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड (तत्कालिन महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड) (संस्थापक सेयर) को ५ लाख ९४ हजार कित्ता, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि (संस्थापक सेयर) को ४० हजार १ कित्ता, नेशनल फण्ड म्यानेजमेन्ट लि (संस्थापक सेयर) २ लाख २५ हजार र नेशनल लाईफ इन्सयोरेन्स लि (साधारण सेयर) को १ कित्ता सेयर रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi