Skip to content

ऋण तिर्न सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरे पश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो। सो बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

हकप्रदबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने निर्णय पनि सो बैठकले गरेको छ। सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पनि पेश गरिनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi