Skip to content

घोराही सिमेन्टले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा अवस्थित होटल पौवामा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima