Skip to content

प्रि–ओपन सेसनमा करिब १ अंक घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको हो।

आज यस सेनमा नेप्से परिसूचक ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

बिहीबार प्रि–ओपन सेसनमा ५९ कम्पनीको ९० पटकको कारोबारमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ १० पैसाबराबरको ३४ हजार ६४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ कम्पनीको मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi